बढ्यो निफ्राको मुनाफा, प्रतिशेयर आम्दानी ७ रुपैयाँ १७ पैसा

बैंक खबर । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चैत मसान्तसम्म बैंकको नाफा गएको आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।
बैंकको खुद नाफा एक अर्ब १६ करोड १८ लाख रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको तेस्रो त्रैमासमा भन्दा ६७.२८ प्रतिशत बढी हो । गतवर्ष चैतमा बैंकको खुद मुनाफा ६९ करोड ४५ लाख रुपैयाँ रहेको थियो ।
बैंकको खुद ब्याज आम्दानी बढेका कारण खुद नाफा बढेको देखिन्छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ५५.२२ प्रतिशत बढेको छ । चैतसम्म बैंकले २ अर्ब रुपैयाँ ब्याज आम्दानी गरेको छ ।
बैंकको खुद कमिशन आम्दानी ३५५ प्रतिशतले बढेर एक करोड ७४ लाख रुपैयाँ पुगेको छ ।
गतवर्ष चैतमा ४ रुपैयाँ २९ पैसा रहेको प्रति शेयर आम्दानी अहिले ७ रुपैयाँ १७ पैसा पुगेको छ । मूल्य आम्दानी अनुपात ३०.६३ गुणा, प्रति शेयर नेटवर्थ १०९ रुपैयाँ १९ पैसा रहेको छ ।
बैंकको निक्षेप ९९ प्रतिशत र कर्जा ८४.८६ प्रतिशतले बढेको छ । बैंकको जगेडा कोष ४१.२९ प्रतिशतले एक अर्ब ९८ करोड रुपैयाँ पुगेको छ ।
चैतसम्म बैंकको वितरणयोग्य मुनाफा ९१ करोड ६१ लाख १४ हजार रुपैयाँ रहेको छ ।
All financial information at your fingertips.