रास्वपाका सभापति लामिछाने ८४ दिनको हिरासत बसाई पछि छुटे

रास्वपाका सभापति लामिछाने ८४ दिनको हिरासत बसाई पछि छुटे

२०८१ पुस २५ गते बिहीबार । 

गण्डकी । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने धरौटी रकम बुझाएर रिहा भएका छन् । 

लामिछानेसँगै छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ, मीना गुरुङ र आरती गुरूङले धरौटी रकम बुझाएर रिहा भएका छन् । 

कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले आज सभापति लामिछानेलाई ६५ लाख रुपैयाँ, छविलाल जोशीलाई ८८ लाख रुपैयाँ, लीला पछाईंलाई ३७ लाख रुपैयाँ, मीना गुरुङलाई पाँच लाख रुपैयाँ, रामबहादुर खनाललाई १५ लाख रुपैयाँ, आरती गुरुङलाई पाँच लाख रुपैयाँ ार कृष्णबहादुर गुरुङलाई एक लाख रुपैयाँधरौटीमा रिहा गर्न आदेश दिएको थियो । 

प्रतिवादी लीला पछाईंले भने आज धरौटी रकम बुझाउन नसकेपछि हिरासतमै रहने अदालतले जनाएको छ ।

लामिछानेविरूद्ध काठमाडौँमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । 


शेयर गर्नुहोस