रास्वपा सभापति लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

२०८१ पुस २५ गते बिहीबार
गण्डकी । कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
न्यायाधीश नितिज राईको इजलासले उहाँलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । सोही मुद्दाका अर्का प्रतिवादी छविलाल जोशीलाई ८८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।