बैंकहरुको निक्षेप ६६ खर्ब ९१ अर्ब पुग्यो

बैंकहरुको निक्षेप ६६ खर्ब ९१ अर्ब पुग्यो

२०८१ पुस २५ गते बिहीबार । 

बैंकको खबर । बैंक तथा वित्तीय संस्थाले संकलन गरेको निक्षेप ६६ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ । यो निक्षेप पुस २३ गतेसम्मको हो । पुस २३ गते मात्रै प्रणालीमा चार अर्ब रुपैयाँ निक्षेप थपिएको छ । 

सो अवधिमा बैंकहरुले प्रवाह गरेको कर्जा ५३ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ । एक दिनमा बैंकहरुले लगानी गरेको कर्जाको आकार तीन अर्ब रुपैयाँ बढेको छ । 

वाणिज्य बैंकहरुले ५९ खर्ब ५२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ४७ खर्ब ६२ अर्ब रुपैयाँ ऋण लगनी गरेका छन् । यस्तै विकास बैंक र फाइनान्स कम्पनीहरुले सात खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी छ खर्ब १३ अर्ब रुपैयाँ लगानी गरेका छन् । 

पछिल्लो समय बजारमा कर्जाको माग न्यून हुँदा कर्जा विस्तरको तुलनामा निक्षेप संकलन बढ्दै गएको छ । बैंक तथा वित्तीय संस्थाले निक्षेपको ९० प्रतिशतसम्म लगानी गर्न पाउँछन् । तर कर्जाको माग न्यून हुँदा कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७९.०५ प्रतिशत रहेको छ । 

All banking information at your fingertips.


शेयर गर्नुहोस