अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्डको मूल्य बढ्यो

२०८१ पुस १६ गते मंगलबार ।
बैंकको खबर । नेपाली बजारमा आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आज १ अमेरिकी डलरको खरिददर १४२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३७ रुपैयाँ १६ पैसा तोकेको छ । यो मूल्य शनिबारदेखि नै कायम छ ।
यु्रोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको मूल्य भने बढेको छ । राष्ट्र बैंककाअनुसार आज १ युरोको बिक्रीदर १४३ रुपैयाँ ३० पैसा रहेको छ भने खरिददर १४२ रुपैयाँ ६७ पैसा छ । सोमबार १ युरोको बिक्रीदर १४३ रुपैयाँ ०३ पैसा र खरिददर १४२ रुपैयाँ ४० पैसा रहेको थियो ।
बेलायती पाउन्ड १ को बिक्रीदर १७२ रुपैयाँ ८४ पैसा खरिददर १७२ रुपैयाँ ०९ पैसा छ । सोमबार बेलायती पाउन्ड १ को बिक्रीदर १७२ रुपैयाँ ५५ पैसा र खरिददर १७१ रुपैयाँ ८० पैसा रहेको थियो ।
अष्ट्रेलियन डलर १ को खरिददर आज ८५ रुपैयाँ २३ पैसा र बिक्रीदर ८५ रुपैयाँ ६१ पैसा तोकिएको छ । क्यानेडियन डलरको भाउ १ को खरिददर भने ९४ रुपैयाँ ९९ पैसा र बिक्रीमा ९५ रुपैयाँ ४१ पैसा छ ।
२०८१ पुस १६ गते मंगलबार ।
All banking information at your fingertips.