नेष्डो समृद्ध लघुवित्तले १५ प्रतिशत लाभांश वितरण गर्ने

१०८१ पुस ३ गते बुधबार ।
बैंकको खबर । नेष्डो समद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
पुस २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
सञ्चालक समितिको लाभांश वितरण गर्ने यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।
All banking information at your fingertips.