लाभांश पारित गर्न साना किसान विकास लघुवित्तले डाक्यो साधारणसभा

लाभांश पारित गर्न साना किसान विकास लघुवित्तले डाक्यो साधारणसभा

२०८१ पुस २ गते मंगलबार । 

बैंकको खबर । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले २३औँ वार्षिक साधारणसभा बोलाएको छ ।  साधारणसभा पुस २३ गते मंगलबार भक्तपुरको बोडे स्थित कृषि विकास बैंकको केन्द्रिय तालिम प्रतिष्ठानमा बिहान १० बजे सुरु हुनेछ । 

साधारणसभाले लघुवित्त सञ्चालक समितिले प्रस्ताव गरेको  कायम चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद लाभांश पारित गर्नेछ । 

यस्तै साधारणसभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालक पदमा नियुक्ति लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले पुस १७ गते बुकक्लोज गर्ने भएको छ। त्यसैले पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लघुवित्तको साधारणसभामा सहभागि हुन र पारित भएको लाभांश प्राप्त गर्न सक्नेछन् । 

All banking information at your fingertips.


शेयर गर्नुहोस