एनएलजी इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिने म्याद थप

एनएलजी इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिने म्याद थप

२०८१ पुस १ गते सोमबार । 

बीमा खबर । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर ११ गतेदेखि निष्काशन गरेको हकप्रद सेयरका लागि आवेदन दिने म्याद थपेको छ । 

इन्स्योरेन्सले चुक्ता पुँजीको ६२.५६ प्रतिशत हकप्रद सेयर बिक्री निष्काशन गरेको थियो ।  पुस १ गतेसम्म आवेदन दिन सकिने गरी बिक्री खुला गरिएको हकप्रद सेयरमा अव पुस १६ गतेसम्म आवेदन दिन पाइने भएको छ ।

इन्स्योरेन्सले १० कित्ता सेयर बराबर नयाँ ६.२५६ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो। 

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले कात्तिक २७ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार कात्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रदका लागि आवेदन दिन सक्नेछन् । 

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ।

इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। 

हाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ५३ करोड ९५ लाख ३६ हजार १०० रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९८२ रुपैयाँ पुग्नेछ।

All banking information at your fingertips.


शेयर गर्नुहोस