पुस महिनामा कुन बैंकले कति दिँदैछन ब्याज ?

पुस महिनामा कुन बैंकले कति दिँदैछन ब्याज ?

२०८१ मंसिर ३० गते आइतबार । 

बैंकको खबर । अधिकांश वाणिज्य बैंकहरुले पुस महिनाको लागि मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । एनआएईसी एशिया बैंक, नेपाल बैंक र सानिमा बैंकले ब्याजदर घटाएका छन भने एनएमबि बैंक, प्राइम कमर्सियल बैंक र कृषि विकास बैंकले बढाएका छन् । अरु सबै बैंकले मंसिर महिनाकै ब्याजदरलाई स्थिर राखेका छन् ।

औसतमा पुस महिनाको लागि वाणिज्य बैंकहरुको मुद्दति निक्षेपको ब्याजदर ०.०५ प्रतिशत बिन्दुले बढेर ६.०२ प्रतिशत पुगेको छ । मंसिरमा वाणिज्य बैंकहरुको औसत ब्याजदर ५.९७ प्रतिशत थियो । 

प्रणालीमा अधिक तरलता छ भने कर्जा विस्तार हुन सकिरहेको छैन । त्यसैले बैंकहरुले केही महिनादेखि ब्यजदर घटाउँदै लगेका छन् । अहिले ब्याजदर न्यून बिन्दुमा आएको छ । 

वाणिज्य बैंकहरुको पुस महिनाको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर (प्रतिशत)

बैंकको नाम २०८१ मंसिर २०८१ पुस फरक
नेपाल बैंक ५.९५ ५.६ ¬–०.३५
कृषि विकास बैंक ५.५३६३ ५.५ ०.०३३७
राष्ट्रिय वाणिज्य बैंक
एभरेष्ट बैंक
एनआईसी एसिया बैंक ६.७९ ६.६ –०.१९
नबिल बैंक ५.७५ ५.७५
नेपाल एसबिआई बैंक
सानिमा बैंक ६.१५ ६.०५ –०.१०
सिटिजन्स बैंक इन्टरनेशनल ५.६५ ५.६५
प्राइम कमर्सियल बैंक ५.७५ ६.२५ –०.२५
कुमारी बैंक ५.९१ ५.९१
एनएमबि बैंक ५.५७ ६.६ १.०३
ग्लोबल आइएमई बैंक ५.७५ ५.७५
स्टाण्डर्ड चार्टर्ड बैंक ६.२५ ६.२५
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ६.५ ६.५
लक्ष्मी सनराइज बैंक ५.५ ५.५
सिद्धार्थ बैंक
हिमालयन बैंक ६.२५ ६.२५
माछापुच्छ्रे बैंक
प्रभु बैंक ६.१ ६.१
औसत ब्याजदर ५.९७०३१५ ६.०१६५ ०.०४६१८५

 

 

All banking information at your fingertips.


शेयर गर्नुहोस