मिथिला लघुवित्तको लाभांश संशोधन, १४.२५ प्रतिशत बोनस सेयर दिने
२०८१ मंसिर २६ गते बुधबार ।
बैंकको खबर । मिथिला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेको लाभांश संशोधन गरेको छ ।
मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । यसमध्ये १४.२५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश रशेको छ ।
यसअघि मंसिर २० गते बसेको सञ्चालक समितिले चुक्ता पुँजीको १४.२८६ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७१४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । अहिले लघुवित्तले त्यसबेला पत्र पठाउँदा घुल भएको भन्दै लाभांश संशोधन गरेको हो ।
सञ्चालक समितिले संशोधन गरेको लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।
all banking information at your fingertips.