छिमेक लघुवित्तले १५ प्रतिशत लाभांश वितरण गर्ने 

छिमेक लघुवित्तले १५ प्रतिशत लाभांश वितरण गर्ने 

२०८१ मंसिर २० गते बिहीबार ।

बैंकको खबर । छिमेक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

मंसिर १९ गते बुधबार बसेको लघुवित्त सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१को मुनाफाबाट चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजन सहित ७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

प्रस्तावित सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुने लघुवित्तले जनाएको छ । 

All banking information at your fingertips.


शेयर गर्नुहोस