नेपालमा ओमानी रियाल पनि खरिद बिक्री हुने
२०८१ मंसिर ७ गते शुक्रबार ।
बैंकको खबर । नेपाल राष्ट्र बैंकले ओमानको मुद्रा नेपालमा खरिद बिक्री हुने जनाएको छ । राष्ट्र बैंकले एकीकृत परिपत्र, २०८० मा संशोधन गर्दै ‘ओमानी रियाल’को कारोबार हुने व्यवस्था गरेको हो ।
विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा २ (ग१०मा व्यवस्था भएबमोजिम ओमानी रियाल परिवत्र्य विदेशी मुद्रा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
हाल नेपालभर विभिन्न २१ वटा विदेशी मुद्राको खरिद बिक्री हुँदै आएको छ । ओमानी रियालको खरिद बिक्री सुरु भएपछि वैदेशिक रोजगारीका लागि ओमान पुगेको नेपाली नागरिकका लागि थप सहज हुने बताइएको छ ।
All banking information at your fingertips