आज फेरि बजारबाट ४० अर्ब तान्दै राष्ट्र बैंक
२०८१ मंसिर ५ गते बुधबार ।
बैंकको खबर । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । प्रणालीमा तरलता थुप्रिदै गएपछि केन्द्रीय बैंकले त्यसको व्यवस्थापन गर्न निक्षेप संकलन उपकरण बिक्री गरी पैसा प्रशोचन गर्न लागेको हो ।
२१ दिनका लागि तान्न लागिएको पैसाको साँवा ब्याज भुक्तानी मंसिर २६ गते हुनेछ । निक्षेप संकलनको लागि बैंक तथा वित्तीय संस्थाले ब्याजदरमा बोलकबोल गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले आज दिउँसो २ बजे बोलकबोल हुने जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
All banking information at your fingertips.