यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
२०८१ मंसिर ४ गते मंगलबार ।
अर्थतन्त्र । नेपाली बजारमा आज अमेरिकी डलर, युरोपियन युरो, बेलायती पाउण्ड स्टरलिङको मूल्य केही घटेको छ ।
नेपाल राष्ट्र बैंकको वविरणअनुसार, सोमबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा थियो । आज मंगलबारका लागि एक अमेरिकी डलरको खरिददर एक सय ३४ रुपैयाँ ७२ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३२ पैसा नर्धिारण भएको छ ।
सोमबार युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ चार पैसा, बिक्रीदर एक सय ४२ रुपैयाँ ६७ पैसा रहेकोमा आज एकको खरिददर एक सय ४१ रुपैयाँ ९६ पैसा, बिक्रीदर एक सय ४२ रुपैयाँ ५९ पैसा नर्धिारण भएको छ ।
सोमबार पाउण्ड स्टरलिङ एकको खरिददर एक सय ७० रुपैयाँ चार पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ८० पैसा थियो । आज मंगलबारका लागि पाउण्ड एकको खरिददर एक सय ६९ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ७२ पैसा नर्धिारण भएको छ ।
आजका लागि केन्द्रीय बैंकले स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ७६ पैसा, बिक्रीदर एक सय ५२ रुपैयाँ ४४ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८९ पैसा, बिक्रीदर ८७ रुपैयाँ २८ पैसा नर्धिारण गरेको छ ।
यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ५७ पैसा, बिक्रीदर ९६ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ १६ पैसा, बिक्रीदर एक सय रुपैयाँ ६१ पैसा, जापानी येन १० को खरिददर आठ रुपैयाँ ६९ पैसा, बिक्रीदर आठ रुपैयाँ ७३ पैसा तोकेको छ । चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६० पैसा, बिक्रीदर १८ रुपैयाँ ६८ पैसा, साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ८९ पैसा, बिक्रीदर ३६ रुपैयाँ पाँच पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९४ पैसा, बिक्रीदर ३७ रुपैयाँ १० पैसा तोकिएको छ ।
All banking information at your fingertips.