नेपाल बैंक ८८औँ वर्षमा प्रवेश

नेपाल बैंक ८८औँ वर्षमा प्रवेश

२०८१ कात्तिक ३० गते शुक्रबार । 

बैंकको खबर । नेपालको पहिलो बैंक नेपाल बैंक ८८औँ वर्षमा प्रवेश गरेको छ । नेपाल बैंकको स्थापना बिक्रम सम्वत् १९९४ कात्तिक ३० गते स्थापना भएको थियो । नेपाल सरकार र निजी लगानीकर्ताहरुको संयुक्त लगानीमा स्थापना भएको नेपाल बैंक नेपालको पहिलो बैंक हो । 

राजा त्रिभुवनबाट उद्घाटन गरिएको यो बैंक १० जना लगानीकर्ताबाट आठ लाख ४२ हजार रुपैयाँ लगानीमा स्थापना भएको थियो । त्यस समयमा बैंकले १७ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

All banking information at your fingertips.


शेयर गर्नुहोस