शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले ८ प्रतिशत लाभांश दिने
२०८१ कात्तिक २५ गते आइतबार ।
बैंकको खबर । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले आफ्ना सेयरधनीहरुलाई चुक्ता पुँजीको आठ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको सञ्चालक समितिको कात्तिक २३ गते बसेको बैठकले आर्थिक वर्ष २०८०/८१सम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट बोनस सेयर र नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बैंकले हाल कायम चुक्ता पुँजीको तीन प्रतिशत बोनश सेयर र पाँच प्रतिशत नगद लाभांश (बोनश सेयरमा लाग्ने कर प्रयोजन सहित) गरि कुल आठ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
सञ्चालक समितिको यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।
All banking information at your fingertips.