तिहारमा ५० करोड रुपैयाँ बराबरको फुलको कारोबार भयो
काठमाडौं, कात्तिक २१ ।
अर्थतन्त्र । तिहारमा ५० करोड रुपैयाँ बराबरको फूलको कारोबार भएको छ । फ्लोरिकल्चर एशोसिएसनका अनुसार सबैभन्दा धेरै फुलको खपत काठमाडौं उपत्यकामा भएको छ ।
यसवर्ष काठमाडौं महानगरपालिकाले नेपाली किसानलाई फूल बेच्न ४६ स्थान तोकेको थियो । जसको कारण किसानलाई माला बिक्री गर्न सहज भएको थियो । उपभोक्ताले एउटा मालाको एक सय रुपैयाँ तिर्नुपरेको थियो ।
फ्लोरिकल्चर एशोसिएसनका अनुसार बजार माग हरेक वर्ष १५ देखि २० प्रतिशतसम्म बढ्ने गरेको भएपनि उत्पादन १० प्रतिशतभन्दा बढी बढ्न सकेको छैन ।