सेयरधनीलाई ९ प्रतिशत बोनस सेयर दिने फर्स्ट माइक्रोफाइनान्सको घोषणा

सेयरधनीलाई ९ प्रतिशत बोनस सेयर दिने फर्स्ट माइक्रोफाइनान्सको घोषणा

बैंकको खबर । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ९.४७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

लघुवित्तको कात्तिक १४ गते बुधबार बिहान बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई ९ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.४७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई  लघुवित्तको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ । 

All banking information at your fingertips.


शेयर गर्नुहोस