स्टाण्डर्ड चार्टर्ड बैंकले साढे २५ प्रतिशत लाभांश दिने
बैंकको खबर । स्टान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको नाफाबाट २५.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
बैंकको सञ्चालक समितिको कात्तिक १३ गते बसेको बैंठकले ६.५० प्रतिशत बोनस सेयर र सोको कर सहित १९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
सञ्चालक समितिको यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।
गत वर्ष पनि बैंकले आर्थिक वर्ष २०७९८० को नाफाबाट सेयरधनीलाई १९ प्रतिशत नगद लाभांश दिएको थियो ।
All banking information at your fingertips.