प्राइम कमर्सियल बैंकको लाभांश घोषणा
बैंकको खबर । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने भएको छ ।
कात्तिक ११ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत (कर सहित० नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकले ९७ करोड १ लाख २८ हजार ७८६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।
सञ्चालक समितिको नगद लाभांश वितरण गर्ने प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।
All banking information at your fingertips.