कृषि विकास बैंकले कमायो १९ करोड नाफा, ईपीएस कति ?

कृषि विकास बैंकले कमायो १९ करोड नाफा, ईपीएस कति ?

बैंको खबर । कृषि विकास बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकले असोजसम्म १९ करोड ९ लाख २३ हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंक ८८ करोड रुपैयाँ भन्दा बढी घाटामा थियो । 

बैंकको सञ्चालन मुनाफा बढेको, इम्पेइरमेन्ट चार्ज बापत छुट्याउनु पर्ने रकम घटेको कारण बैंकले नाफामा उल्लेख्य सुधार गरेको हो । गतवर्ष पहिलो त्रैमामा दुई अर्ब १६ करोड भन्दा बढी पैसा इम्पेइरमेन्ट चार्जमा छुट्याएकोमा अहिले घटेर ९० करोड २२ लाख रुपैयाँमा झरेको छ । 

बैंकको खराब कर्जा एक वर्ष अघिको तुलनामा घटेको छ । गतवर्ष असोजमा ५.३३ प्रतिशत रहेको खराब कर्जा अहिले ४.७८ प्रतिशतमा झरेको छ । 

बैंकको प्रतिसेयर आम्दानी तीन रुपैयाँ २५ पैसा र प्रतिशेयर कुल सम्पत्ति मूल्य २४१०.३८ रुपैयाँ छ । १८ अर्ब ८८ करोड ४३ लाख ८६ हजार ७८ रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडाकोषमा १५ अर्ब ८२ करोड ८९ लाख १२ हजार रुपैयाँ छ । 

बैंकको वितरणयोग्य मुनाफा दुई अर्ब ७९ करोड ३१ लाख रुपैयाँ भन्दा बढी छ । 
 

All banking information at your fingertips.


शेयर गर्नुहोस