सुनको भाउमा नयाँ रेकर्ड, तोलाको १ लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार

सुनको भाउमा नयाँ रेकर्ड, तोलाको १ लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार

काठमाडौं, असोज ६ । सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (२०८१ असोज ६ गते) सुनको भाउ प्रतितोला एक हजार ७०० रुपैयाँ बढेर १ लाख ५८ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। 

गत शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ५७ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यसअघि भदौ ३१ गते सुन प्रतितोला १ लाख ५७ हजार ३०० रुपैयाँ पुगेको थियो । त्यो दिनको मूल्यलाई ब्रेक गर्दै आज अर्को नयाँ रेकर्ड बनाएको हो । 

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्दै गएको र नेपालमा डलर बलियो बन्दै जाँदा मूल्य बढेको व्यवसायीहरुले बताएका छन् । 


शेयर गर्नुहोस