बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

बैंकको खबर । नेपाल राष्ट्र बैंकले आज (२०८१ भदौ ३० गते) बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन बोलकबोल मार्फत सो रकम तान्न लागेको हो । 

राष्ट्र बैंकले २१ दिन अवधिको लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्न लागेको जनाएको छ । बोलकबोल आज दिउँसो तीन बजेसम्म अनलाइन मार्फत हुनेछ भने निष्काशन पनि आजै हुनेछ । 

ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । साँवा तथा ब्याज भुक्तानी असोज २० गते हुने बैंकले जनाएको छ । 

निक्षेप संकलन उपकरण किन्न इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोडले भाग गर्दा निःशेष भाग जानेगरी कुल आप्हान रकमसम्म बोलकबोल पेस गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । 

बोलकबोलमा सहभागी हुन भने विभिन्न सर्तहरु पुरा गरेको हुनुपर्नेछ । 

All banking information at your fingertips.


शेयर गर्नुहोस