कामना सेवा विकास बैंकले १२ प्रतिशत लाभांश दिने
बैंकको खबर । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८०/८१को वितरणयोग्य नाफाबाट १२ प्रतिशत लाभांश घोषणा गरेको छ ।
बैंक सञ्चालक समितिको भदौ २८ गते शुक्रबार बसेको बैठकले चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजन सहित ५ प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
सञ्चालक समितिको प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुने बैंकले जनाएको छ ।
All banking information at your fingertips.