कर्मचारी सेयरकारोबारमा झुम्मिएपछि सरकारी कार्यालयमा टीएमएस प्रयोगमा रोक

कर्मचारी सेयरकारोबारमा झुम्मिएपछि सरकारी कार्यालयमा टीएमएस प्रयोगमा रोक

बैंकको खबर । सरकारी कर्मचारीहरु अफिस समयमा सेयर कारोबारमा झुम्मिन थालेपछि सरकारले देशभरका सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली ‘टीएमएस’ चलाउन रोक लगाउने भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रिपरिषद् कार्यालयलाई पत्र लेखेर कुनैपनि सरकारी कार्यालयमा टीएमएस नचल्ने व्यवस्था गर्न भनेको थियो । त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालय, अयोग र कार्यालयलाई टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको हो । स्थानीय तहमा पनि टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको छ । 

All banking information at your fingertips.


शेयर गर्नुहोस