गुराँस लघुवित्तले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने

गुराँस लघुवित्तले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने

बैंकको खबर । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । 

लघुवित्त सञ्चालक समितिको सोमबार बसेको बैठकले १४.२५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । 

लाभांश वितरण गर्ने सो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपश्चान लघुवित्तको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ । 

All banking information at your fingertips.


शेयर गर्नुहोस