मेरो माइक्रोफाइनान्सको व्यवस्थापन तालिम सम्पन्न

मेरो माइक्रोफाइनान्सको व्यवस्थापन तालिम सम्पन्न

बैंकको खबर । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लघुवित्तसम्बन्धी आधारभूत तथा व्यवस्थापन तालिम सम्पन्न गरेको छ ।

तीन दिने कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै लघुवित्तका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले कर्मचारीहरूलाई हौसला प्रदान गर्नुका साथै लघुवित्तले विपन्न, गरीव तथा पछाडी परेका वर्ग, समुदायमा काम गर्ने भएकोले यस क्षेत्रले आर्थिक विकासको साथसाथै सामुदायिक विकासका लागि महत्त्वपूर्ण भुमिका खेलेको बताए । त्यस्तै ग्रामीण भेगमा बित्तीय पहुँच बिस्तार गरेर बित्तीय साक्षरता प्रदान गर्दै आएको कुरा समेत व्यक्त गरे ।

उक्त अभिमुखीकण तालिममा लघुवित्तको परिचय, नेपालमा लघुवित्तको वर्तमान अवस्था, संस्थाको परिचय, संस्थाको उद्धेश्य, कार्यक्षेत्र तथा लघुवित्त कार्यक्रमको काम गर्ने तौर तरीका बारेमा सहभागीहरुलाई जानकारी दिइएको थियो ।  

तालिममा देशभरका नवनियुक्त ५० जना कर्मचारीहरु, नायब प्रमुख कार्यकारी अधिकृत नवराज दाहाल, वरिष्ठ ब्यवस्थापक राजुप्रसाद पुडासैनी तथा विभिन्न बिभागका प्रमुख तथा कर्मचारीहरुको सहभागीता रहेको थियो ।

All banking information at your fingertips.


शेयर गर्नुहोस