सरकारले कोरोना बीमाको दाबी भुक्तानी नदिएको भन्दै बीमक संघ पुग्यो सर्वोच्च

सरकारले कोरोना बीमाको दाबी भुक्तानी नदिएको भन्दै बीमक संघ पुग्यो सर्वोच्च

बीमा खबर । सरकारले कोरोना बीमा रकम भुक्तानी नदिएको भन्दै निर्जीवन बीमा कम्पनीहरुको तर्फबाट नेपाल बीमक संघले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेको छ । संघले सरकारलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेको हो । 

संघले सरकारले आफूहरुसँगको सम्झौता अनुसार रकम उपलब्ध नगराउँदा कारोना संक्रमितले दाबी गरेको भुक्तानी दिन नसकेको जिकिर गरेको छ । सरकारले बीमा कम्पनीहरुसँग गरेको सहमति अनुसार बीमा रकम भुक्तानी नगरेपछि संघले भुक्तानी गराइ पाउँ भन्दै अन्तरिम आदेश माग गरेको हो । 

बीमा कम्पनीहरुले कोरोना संक्रमितले दाबी गरेको करिब ११ अर्ब रुपैयाँ भुक्तानी गरेका छैनन् । 

All banking information at your fingertips.


शेयर गर्नुहोस