ज्योति विकास बैंकका ग्राहकलाई ‘जस्मिन फिटनेस क्लब एण्ड स्पा’ मा विशेष छुट

ज्योति विकास बैंकका ग्राहकलाई ‘जस्मिन फिटनेस क्लब एण्ड स्पा’ मा विशेष छुट

बैंकको खबर । ज्योति विकास बैंक लिमिटेडले काठमाडौँस्थित ‘जस्मिन फिटनेस क्लब एण्ड स्पा’मा बैंकका ग्राहकहरूलाई २० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।

यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त क्लब र स्पामा २० प्रतिशतसम्म आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।

ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको जनाएको छ।

बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस