आरबिबि म्युचुअल फण्ड १ र २ को लाभांश घोषणा

आरबिबि म्युचुअल फण्ड १ र २ को लाभांश घोषणा

बैंकको खबर । राष्ट्रिय वाणिज्य बैंक कोष प्रबन्धक रहेको आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालित ‘आरबिबि म्युचुअल फण्ड १’ र ‘आरबिबि म्युचुअल फण्ड २’को प्रतिफल घोषणा भएको छ । 

भदौ २० गते बसेको आरबिबि मर्चेन्ट बैंकिङको सञ्चालक समितिको बैठकले ‘आरबिबि म्युचुअल फण्ड १’ का इकाइधनीहरुलाई करसहित ३.८१ प्रतिशत र ‘आरबिबि म्युचुअल फण्ड २’ का इकाइधनीहरुलाई करसहित ८.७४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लाभांश वितरण प्रयोजना लागि भदौ ३१ गते एक दिन बुकक्लोज गरिने निर्णय पनि सञ्चालक समितिले गरेको छ । जसअनुसार भदौ ३० गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाइधनीहरुले प्रतिफल प्राप्त गर्न सक्नेछन् । 
 

All banking information at your fingertips.


शेयर गर्नुहोस