तीजमा कुमारी बैंकको क्यास ब्याक योजना

तीजमा कुमारी बैंकको क्यास ब्याक योजना

बैंकको खबर । कुमारी बैंकले हरितालिका तीजको अवसरमा विदेशबाट रेमिट्यान्स प्राप्त हुनेगरी खोलिएका महिला खातावालालाई ‘क्यास ब्याक’ दिने योजना घोषणा गरेको छ । 

बैंकले विदेशबाट रेमिट्यान्स प्राप्त हुनेगरी खोलिएका महिला लाभग्राहीहरुका लागि खाताबाट डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत रकम भुक्तानी गर्दा तीजनको शुभकामना स्वरुप हरेक दिन पहिलो २५ जना महिला लाभग्राही ग्राहकलाई १०० रुपैयाँ क्यासब्याक दिने घोषणा गरेको हो । 

यो योजना भदौ २० गतेदेखि २६ गतेसम्म बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म रहने बैंकले जनाएको छ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस