अमेरिकी डलर, युरो, पाउण्ड र अस्ट्रेलियन डलरको भाउ बढ्यो
बैंकको खबर । नेपाली बजारमा आज (२०८१ भदौ १८) मंगलबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५८ पैसा तोकेको छ । सोमबार एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५८ पैसा थियो ।
युरोपियन युरो र पाउण्ड स्टर्लिङको मूल्य पनि हिजोको तुलनामा आज बढेको छ । आज राष्ट्र बैंकले एक युरोपियन युरोको खरिददर १४८ रुपैयाँ २६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९२ पैसा तोकेको छ । हिजो एक युरोको खरिददर १४७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा थियो । आज बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७५ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ७६ पैसा कायम छ । हिजो खरिददर १७५ रुपैयाँ ८० पैसा र बिक्रीदर १७६ रुपैयाँ ५९ पैसा थियो ।
अस्ट्रेलियन डलरको भाउ पनि बढेको छ । हिजो एक अस्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ५७ पैसा थियो भने आज खरिददर ९० रुपैयाँ ७६ पैसा छ । हिजो ९० रुपैयाँ ९८ पैसा रहेको बिक्रीदर आज बढेर ९१ रुपैयाँ १७ पैसा पुगेको छ ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
All banking information at your fingertips.