एनआईसी एशिया बैंक पीसीआइ-डीएसएस भी ४.० भर्सनमा स्तरोन्नति, कार्डको डेटा सुरक्षा बढ्ने

एनआईसी एशिया बैंक पीसीआइ-डीएसएस भी ४.० भर्सनमा स्तरोन्नति, कार्डको डेटा सुरक्षा बढ्ने

बैंकको खबर । एनआईसी एशिया बैंकको कार्ड प्रयोगकर्ताहरुको डाटा सुरक्षा अझ बढी मजबुत हुनेगरी पीसीआई–डीएसएस भी४.० भर्सनमा स्तरोन्नती भएको छ । बैंकले आफ्नै इएफटी स्विच सञ्चालन गरेको दोस्रो वर्षमै पीसीआई–डीएसएस भी३.२.१ भर्सनबाट पीसीआई–डीएसएस भी४.० भर्सनमा स्तरोन्नति भएको छ । यस स्तरोन्नतिसँगै यस बैंकका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षा अझ बढी बलियो बनेको बैंकले जनाएको छ ।

बैंकले सन् २०२३ देखिनै एटीएम र कार्डमा आधारित भुक्तानी प्रणाली आफ्नै इएफटी स्विचद्वारा सञ्चालन गर्दै आएको छ । बैंकले भुक्तानी गर्नको लागि डेबिट र क्रेडिट (भिजा र मास्टर्डकार्ड) छन्, जुन कार्डहरु नेपाल, भारत, र भुटानमा प्रयोग गर्न सकिन्छ तथा अन्य विदेशी भुक्तानीको लागि अमेरिकी डलर प्रिपेड कार्ड जारी गरेको छ । त्यसैगरी, एटीएम, पस तथा इ–कमर्स जस्ता प्लेटफर्ममा भुक्तानी प्राप्तिको लागि भिसा, मास्टर्डकार्डृ, चाइना युनियन पे स्वीकार गर्दै आएको छ । 

बैंकले कार्ड प्रयोगकर्ताहरुको डाटाको पूर्ण सुरक्षा सुनिश्चिताको लागि प्रणालीगत र संस्थागत रुपमा आन्तरिक नियन्त्रण गर्न आवश्यक सुरक्षा डिजाइन र कार्यान्वयनमा विशेष ध्यान दिएको छ । आन्तरिक नियन्त्रणलाई दिगोपन कायम गर्न र स्वतन्त्ररुपमा मूल्यांकन गर्नका लागि बैंकले पानासिया इन्फोसेस प्रालिलाई नियुक्त गरेको थियो । 
 

All banking information at your fingertips.


शेयर गर्नुहोस