एनआईसी एशिया बैंकले ल्यायो ‘एनआईसी एशिया स्काइ क्लब कार्ड’
बैंकको खबर । एनआईसी एशिया बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा ‘एनआईसी एशिया स्काइ क्लब कार्ड’ सार्वजनिक गरेको छ । भिसा को–ब्राण्डेड का रुपमा आएको यो कार्ड यती एयरलाइन्स र यस बैंकका सबै ग्राहकहरूले प्राप्त गर्न सक्नेछन् । यस कार्डको प्रयोग गरेर उक्त एयरलाइन्सको टिकट खरिद गर्दा १० प्रतिशत छुट सहित अन्य सुविधाहरू उपलब्ध हुने गरी एयरलाइन्ससँग समझदारी भएको बैंकले जनाएको छ ।
यती एयरलाइन्सको मोबाइल एप तथा वेबसाइट प्रयोग गरेर यस कार्डबाट ई–कमर्श भुक्तानी गरी एयरलाइन्सका सबै प्रकारका टिकट काट्दा ग्राहकहरूले १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् भने प्रत्येक कारोबारमा माइलेज पोइन्टस् र ५ किलोग्राम अतिरिक्त ब्यागेज सुविधा प्राप्त गर्नेछन्।
यती एयरलाइन्सका विभिन्न काउन्टरमा यो कार्ड देखाएर टिकट काट्दा समेत छुट उपलब्ध हुनेछ । साथै, कार्डको प्रयोग गरेवापत देशभरका विभिन्न होटल, रेष्टुरेन्ट, अस्पताल र यती एयरलाइन्सको स्काइ क्लब कार्डमा उपलब्ध हुने सम्पूर्ण सुविधा एवं छुटहरू प्राप्त गर्न सकिनेछ ।
यो कार्ड लिनका लागि ग्राहकहरूले बैंकको शाखा कार्यालयमा पुगेर आवेदन दिन सक्नेछन् । यस आकर्षक साझेदारीले बैंक र एयरलाइन्सका ग्राहकहरूलाई टिकट खरिदमा अधिकतम छुटका अलावा विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त भई अत्याधिक फाइदाहरू उपभोग गर्नुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।
All financial information at your fingertips.