आइएमई र जिएमई रेमिट गाभिए

आइएमई र जिएमई रेमिट गाभिए

बैंकको खबर । आइएमई र जिएमई रेमिट गाभिएर आज २०८० साउन ३० गतेदेखि एकीकृत कारोबार सरु गरेका छन् । दुवै कम्पनी गाभिएर आइएमई लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेका हुन् ।

बुधबार काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रमकाबीच एकीकृत कारोबारको सुरुवात भएको हो । सो अवसरमा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले कम्पनी गाभिएपछि आगामी दिनमा सेवा थप सहज तथा सुरक्षित बन्दै जाने बताए । उनले अव छिट्टै सार्वजनिक निष्कासन आईपीओ मा जाने बताए । 

आइएमई ग्रुपका अध्यक्ष ढाकालले आइएमई सुरुवात गर्दा विदेशबाट २० प्रतिशत रेमिट्यान्स औपचारिक माध्यमबाट आउने गरेकोमा अहिले ८० प्रतिशत पुगेको बताए । 

नेपालमा आउने रेमिट्यान्सको करिब ५० प्रतिशत बजार हिस्सा बैङ्क तथा वित्तीय संस्थाको रहेको पनि उलेले बताए । उनले सरकार तथा नियामक निकायले ल्याउने नीतिनियमको कार्यान्वयनमा आइएमई ग्रुप अग्रस्थानमा रहेको दाबी समेत गरेका छन् । 

पछिल्लो समय रेमिट्यान्सको आकार बढेको र डिजिटल प्रविधिको विकाससँगै रेमिट्यान्सलाई डिजिटल माध्यमबाट सिधै वालेटमा वा बैङ्क खातामा पठाउन सकिने भइसकेको अध्यक्ष ढकालले बताए । यसले गर्दा रेमिट्यान्स कम्पनीको क्षेत्राधिकारका बारे पनि सोच्नुपर्ने बेला आएको उनको भनाइ छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर बमबहादुर मिश्रले हुन्डी कारोबारलाई नियन्त्रण गर्दै वैधानिक बाटोबाट विप्रेषण भित्र्याउन आवश्यक रहेको बताए । उनले वैधानिक र सजिलो तरिकाले रेमिट्यान्स पठाउनका लागि राष्ट्र बैङ्कले नीतिगत सहजता गरेको बताए । 
 

All banking information at your fingertips.


शेयर गर्नुहोस