हिमालयन रि इन्स्योरेन्सको नाफा बढ्यो

हिमालयन रि इन्स्योरेन्सको नाफा बढ्यो

बीमा खबर । हिमालयन रि इन्स्योरेन्स लिमिटेडको गत आर्थिक वर्ष २०८०/८१को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भएको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको नाफा बढेको छ । इन्स्योरेन्सले १ अर्ब २८ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ९७.६४ प्रतिशत बढी हो । आर्थिक वर्ष २०७९/८०मा इन्स्योरेन्सले ६४ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको थियो । 

समीक्षा अवधिमा इन्स्योरेन्सको कुल आर्जित बीमाशुल्क ८२.७५ प्रतिशत र कुल आम्दानी ६७.०९ प्रतिशत बढेको छ। इन्स्योरेन्सको दाबी भुक्तानी ४७.१९ प्रतिशत र कुल खर्च ५५.१२ प्रतिशत बढेको छ।

१० अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी भएको इन्स्योरेन्सको विशेष जगेडा कोषमा १ अर्ब ९ करोड रुपैयाँ, महाविपत्ती कोषमा ११ करोड १० लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ५६ करोड ४३ लाख रुपैयाँ र अन्य इक्विटीमा २ करोड ७४ लाख रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिमा प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३४ पैसा कायम भएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३ रुपैयाँ ६ पैसा बढी हो । यस्तै इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४७.१५ गुणा र प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ २६ पैसा छ।

All finanical information at your fingertips.


शेयर गर्नुहोस