आईएमई लाइफको सीईओमा कवि फुँयालको निरन्तरता

आईएमई लाइफको सीईओमा कवि फुँयालको निरन्तरता

बीमा खबर । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) कवि फुँयाललाई दोस्रो कार्यकालका लागि पनि निरन्तरता दिएको छ । 

इन्स्योरेन्सको सञ्चालक समितिको २०८१ साउन १४ गते बसेको २०१ औँ बैठकले फुँयाललाई दोस्रो कार्यकालका लागि निरन्तरता दिने निर्णय गरेको थियो ।

सञ्चालक समितिले फुँयालको दुरदर्शी नेतृत्वमा इन्स्योरेन्सले महत्वपूर्ण सफलता प्राप्त गरेको भन्दै दोस्रो कार्यकालका लागि पनि निरन्तरता दिने निर्णय गरेको हो । 

इन्स्योरेन्सले सञ्चालक समितिको उक्त निर्णय स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेश गरिएकोमा प्राधिकरणबाट २०८१ साउन २८ गते पुनः दोस्रो कार्यकालको पदभार सम्हाल्ने गरि स्वीकृती प्राप्त भएको जनाएको छ। 

All financial information at your fingertips.


शेयर गर्नुहोस