घट्यो नेपाल पुनर्बीमा कम्पनीको नाफा

घट्यो नेपाल पुनर्बीमा कम्पनीको नाफा

बीमा खबर । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०८०ङ८१को वित्तीय विवरण प्रकाशित गरेको छ। कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा केही घटेको छ। कम्पनीले गत आर्थिक वर्षमा ५१ करोड ५८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १३.४९ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ५९ करोड ६२ लाख रुपैयाँ कमाएको थियो । 

आर्थिक वर्ष २०८०÷८१मा कम्पनीको खुद आर्जित बीमाशुल्क ८.५७ प्रतिशत बढेको छ भने कुल आम्दानी ९.३० प्रतिशत बढेको छ। खुद दाबी भुक्तानी ०.९१ प्रतिशत र कुल खर्च ८.७४ प्रतिशत बढेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ६३ पैसा घटेर ४ रुपैयाँ ३ पैसामा झरेको छ। यस्तै मूल्य आम्दानी अनुपात १९२.५५ गुणा छ भने प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ४५ पैसा छ।

१२ अर्ब ८१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको पुनर्बीमाको विशेष जगेडामा ३ अर्ब ९२ करोड रुपैयाँ छ । यस्तै महाविपत्ती कोषमा २७ करोड ६३ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा १ अर्ब ८ करोड रुपैयाँ र अन्य इक्विटीमा ७८ करोड ८० लाख रुपैयाँ सञ्चित छ।

All financial information at your fingertips.


शेयर गर्नुहोस