ज्योति विकास बैंक लिमिटेडको १६औँ वार्षिकोत्सव समारोह सम्पन्न

ज्योति विकास बैंक लिमिटेडको १६औँ वार्षिकोत्सव समारोह सम्पन्न

बैंक खबर । ज्योति विकास बैंकले स्थापनाको १६औँ वार्षिकोत्सव सम्पन्न गरेको छ । सहज पहुँच भएको बृहत वित्तीय सेवा तथा सूचना प्रवाहमार्फत समस्त नागरिकहरूको जीवनमा सार्थक र साश्वत समृद्धि ल्याउने मूल उद्धेश्यका साथ २०६५ साल साउन ९ गते स्थापना भएको बैंकले २०८१ साउन ९ गते १६ वर्ष पुरा गरी १७औँ वर्षमा प्रवेश गरेको छ ।

सो अवसरमा केन्द्रीय कार्यालयमा आयोजित वार्षिकोत्सव कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले १६ वर्षको गौरवपूर्ण यात्रालाई सफल र फराकिलो बनाउन योगदान दिने ग्राहक, सेयरधनीहरू, नियामक निकाय, कर्मचारीप्रति कृतज्ञता प्रकट गर्दै अबको यात्रामा पनि सोहि अनुरुपको सहयोग हुनेमा विश्वास व्यक्त गरे । अध्यक्ष खड्काले बैंक सामाजिक समृद्धिको साथै कर्मचारी विकासको लागि पनि अनवरत रुपमा सक्रिय रहेको र कर्मचारी दक्षता विकासका निम्ति विभिन्न वैदेशिक लगायतका तालिमहरुमा सहभागी भएको कुरालाई उजागर गरे । उनले आगामी दिनहरुमा पनि अझ गुणस्तरीय बैंकिङ सेवा दिंदै थप उत्कृष्ट सुविधाहरु प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले बैंक स्थापनाको परिकल्पना गर्ने संस्थापक सञ्चालकहरू, पूर्वअध्यक्षहरु, कर्मचारी, शेयरधनी र ग्राहकप्रति आभार व्यक्त गरे । प्रमुख कार्यकारी अधिकृत ढकालले बैंकका विभिन्न कार्यक्रम उपलब्धि र संस्थागत सामाजिक उत्तरदायित्वमा प्रकाश पार्दै बैंकले बोकेको उद्देश्य र ध्येय प्राप्तिमा थप सशक्त हुने प्रतिबद्धता व्यक्त गरे । साथै, उनले बैंकद्वारा उद्यमशीलता विकास, रोजगार सिर्जना, सिप अभिवृद्धि र समाज परिवर्तनमा गरिएको योगदानबारे जानकारी गराए । बैंकमा संस्थागत शुसाशन तथा कार्यसम्पादन क्षमता अनुरूप कर्मचारीलाई प्रोत्साहन गर्दै बैंकलाई ‘पपÞर्mमर्स प्याराडाइज’ बनाउन सोही अनुरूप संस्थागत संस्कृति विकास गर्न सक्रिय रही आएको बताए । 

बैंकले वार्षिकोत्सवको अवसर पारेर परिमार्जित, परिष्कृत तथा प्रयोगकर्तामैत्री नयाँ आधिकारिक वेबसाइटको पनि औपचारिक शुभारम्भ गरेको छ । उक्त वेबसाइट बैंकले प्रदान गरिरहेको सेवा–सुविधाहरूको जानकारीमा सहज पहुँच, अनलाइनबाटै कर्जा आवेदन दिने व्यवस्था, भिडियो बैंकिङ मार्फत अनलाइनबाटै खाता खोल्ने, क्यूआर कोड लगायत विभिन्न बैंकिङ सेवाहरूको लागि अनलाइन निवेदन दिने सुविधा सम्बन्धित सबैलाई उपलब्ध हुने भएको छ । 

उक्त समारोहमा बैंकका सञ्चालक समितिका सदस्यहरु, भूतपूर्व सञ्चालकहरु, कर्मचारी र ग्राहकको उपस्थिति थियो ।  
ज्योति विकास बैंकले उपत्यका र उपत्यका बाहिर गरी १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ । 


 

All financial information at your fingertips.


शेयर गर्नुहोस