सेयरबजार दोहोरो अंकले घट्यो, कारोबार रकममा पनि गिरावट
सेयर खबर । सेयरबजार बुधबार दोहोरो अंकले घटेको छ । नेप्से परिसचूक ११.६० अंकले घटेर २०६०.१६ विन्दुमा कायम भएको छ । मंगलबारको तुलनामा कारोबार रकम पनि घटेको छ । बुधबार चार अर्ब ५ करोड ८० लाख रुपैयाँ बराबरको ८७ लाख २७ हजार १६४ कित्ता सेयर किनबेच भएको छ । मंगलबार चार अर्ब १८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
कारोबार भएका २४६ कम्पनीमध्ये १८६ वटाको सेयरमूल्य घट्दा बजार दबाबमा परेको हो । तर ५७ कम्पनीका सेयरधनीले भने यसदिन कमाएका छन् । बाँकी तीन कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।
फाइनान्स, म्युचुअल फण्ड र व्यापार बाहेक सबै समूहका सूचक घटेका छन् । सबैभन्दा धेरै विकास बैंक समूह १.०३ प्रतिशत घटेको छ । बैंकिङ समूह पनि ०.६५ प्रतिशत घटेको छ ।
बजार घटेपनि नेपाल फाइनान्सको सेयरमूल्य सर्वाधिक ९.८७ प्रतिशत बढेको छ । सबैभन्दा धेरै साधना लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ६.३८ प्रतिशत घटेको छ । यसदिन नेपाल फाइनासकै सेयर कारोबार सर्वाधिक १६ करोड ४६ लाख रुपैयाँ बराबरको भएको छ ।
लगानीकर्ताको सम्पत्ति बुधबार मात्रै १९ अर्ब रुपैयाँ घटेको छ । बजार पुँजीकरण ३२ खर्ब ६६ अर्ब रुपैयाँ कायम भएको छ ।
All financial information at your fingertips.