वैदेशिक रोजगारमा जानेलाई बिना धितो ऋण दिइने
बैंक खबर । सरकारले वैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण उपलब्ध गराउने व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२को बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।
उनले बजेटमा भनेका छन, ‘वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिना धितो ऋण उपलब्ध गराइएनेछ ।'
All financial information at your fingertips.