ज्योति विकास बैंकद्वारा बालबालिकाहरुलाई कृत्रिम हात प्रदान

ज्योति विकास बैंकद्वारा बालबालिकाहरुलाई कृत्रिम हात प्रदान

बैंक खबर । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको 'हाम्रो विकास प्रवर्द्धन कोष' को सिएसआर कार्यक्रमहरु अन्तर्गत ई-नेबल नेपाल नामक संस्था मार्फत १५ जना बालबालिकाहरुलाई ग्रीडी प्रिन्टेड प्रोस्थेटिक हात हस्तान्तरण गरेको छ। 

ई-नेबल नेपालको कार्यालयमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले ई-नेबल नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठको उपस्थितिमा उक्त कृत्रिम हातहरु आवश्यकता भएका बालबालिकालाई प्रदान गरिएको बैंकले जनएको छ । प्रदान गरिएका कृत्रिम हातहरुले बालबालिकालाई सामान्य दिनचर्याका काममा सहयोग हुनुको साथै बालबालिकाको मनोबल र आत्मविश्वास उच्च राख्न सहयोग हुने विश्वास बैंकले राखेको छ।

कार्यक्रममा जन्मजातै हात नभएका तथा कुनै दुर्घटनामा परि हात गुमाएका बालबालिकाहरुलाई उक्त कृत्रिम हात प्रदान गरिएको छ। बालबालिकाको आवश्यकता अनुसार नाप लिई प्राकृतिक मानव हात अनुरुप चलाउन सकिने उक्त कृत्रिम हातहरु बालबालिकाको पठन(पाठनमा सहयोग तथा भविष्यमा हात नभएको कारण कुनै पनि अवसरबाट वञ्चित नहुन् भन्ने मनशायले बैंकले प्रदान गरेको छ।      

ज्योति विकास बैंकले आफ्नो १५ औँ वार्षिकोत्सवको अवसरमा ई(नेबल नेपालसंग सहकार्य गरी १५ जना बालबालिकाको लागि कृत्रिम हात निर्माण गर्ने र प्रदान गर्ने घोषणा गरेको थियो।  उक्त सहकार्य सम्झौता अनुरुप बालबालिकाको निम्ति कृत्रिम हात प्रदान गरिएको छ। थ्रिडी प्रविधि प्रयोग गरी बनाइएको कृत्रिम हातहरु हलुका हुनुको साथै औंलाहरू चलाउन पनि सकिन्छ। सो संस्थाले थ्रिडी प्रिन्टेड हात हरुको निर्माणका सात साथै स्वास्थ, शिक्षा, र सीप विकास तालिम पनि प्रदान गर्दछ।  

आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ। संस्थागत शुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, शेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउन ज्योति विकास बैंक सदैव प्रतिवद्ध रहेको बैंकले जनाएको छ।

ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ।

All financial information at your fingertips.


शेयर गर्नुहोस