बीमा प्राधिकरणको निर्देशन पछि सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द

बीमा प्राधिकरणको निर्देशन पछि सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश रद्द

बीमा खबर । नेपाल बीमा प्राधिकरणले लाभांश वितरण नगर्न निर्देशन दिएपछि सिटिजन लाइफ इन्स्योरेन्सले सेयर प्रिमियमबाट वितरण गर्न घोषणा गरेको लाभांश रद्द गरेको छ।

वैशाख २५ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । यसअघि वैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले चुक्तापुँजी बढाउन भन्दै २६.९८४१२६९८ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ १.४२००२२ प्रतिशत नगद लाभांश गरी कुल २८.४ प्रतिशत अन्तरिम लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

All financial information at your fingertips.


शेयर गर्नुहोस