ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारलाई राहत सामग्री प्रदान 

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारलाई राहत सामग्री प्रदान 

बैंक खबर । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं। ६, जरलहवा गाछी बस्तीका अग्निपीडित १२० परिवारहरूको राहत तथा सहयोगार्थ ज्योति विकास बैंकले मटिहानी नगरपालिका र  जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा १२० घरधुरीलाई पुग्ने डसना ओछ्यान र झुल प्रदान गरेको छ । बैंकले २०८१ वैशाख १२ गते बुधबार आगोले क्षतिग्रस्त बनेको जरलहवा, गाछी बस्तीका पीडितहरुको राहतको लागि उक्त सहयोग गरेको हो ।

राहत वितरण कार्यकममा ज्योति विकास बैंकका तर्फबाट जनकपुर शाखाका शाखा प्रबन्धक सुरज श्रीवास्तवले  मटिहानी नगरपालिका वडा नं। ६ का वडा अध्यक्ष कलिम अन्सारीको उपस्थितिमा राहत सामग्रीहरु अग्नि प्रकोप पीडित परिवारहरूलाई हस्तान्तरण गरेका हुन् ।

ज्योति विकास बैंकले देशैभरि रहेका मातहतका कार्यालयमार्फत सरल वित्तीय सेवाका साथै संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत जिम्मेवारपूर्ण तवरले नागरिकका आकस्मिक एवं अत्यावश्यक क्षेत्रमा उल्लेख्य र रचनात्मक सहयोग गर्दै आएको छ । 

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको जनाउँदै नागरिकको सर्वोत्तम हितलाई सँधै उच्च प्राथमिकतामा राखेको जनाएको छ । संस्थागत शुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, सेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउन बैंक सधैं प्रतिवद्ध रहेको जनाएको छ ।

ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ । 


 

All financial information at your fingertips.


शेयर गर्नुहोस