गोर्खाज फाइनान्सको सञ्चालक समिति अध्यक्षमा गौरव बुढाथोकी नियुक्त

गोर्खाज फाइनान्सको सञ्चालक समिति अध्यक्षमा गौरव बुढाथोकी नियुक्त

बैंक खबर । गोर्खाज फाइनान्सको सञ्चालक समिति अध्यक्षमा गौरव बुढाथोकी नियुक्त भएका छन् । बुढाथोकी सर्वसाधारण शेयरधनी तर्फका सञ्चालक सदस्य हुन । 

फाइनान्सको वैशाख १५ गते बसेको सञ्चालक समितिको बैडकले बुढाथोकीलाई वैशाख १६ गतेदेखि लागू हुनेगरी अध्यक्ष चयन गरेको हो । 

यसअघि सञ्चालक समिति अध्यक्ष रहेका डेकिन्द्रकुमार राईले आफ्नो व्यक्तिगत कार्यव्यस्तता भन्दै सञ्चालक समितिमा सदस्य मात्र रहने गरी अध्यक्षपदबाट राजीनामा दिएका थिए । सञ्चालक समितिले राईको राजीनामा स्वीकृत गर्दै बुढाथोकीलाई अध्यक्ष पदमा नियुक्त गरेको हो । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस