सन नेपाल लाइफले बोलायो साधारणसभा, लाभांश वितरण र हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्ने

सन नेपाल लाइफले बोलायो साधारणसभा, लाभांश वितरण र हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्ने

बीमा खबर । सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले २०८१ जेठ ९ गते बुधबार वार्षिक साधारणसभा डाकेको छ । इन्स्योरेन्सले काठमाडौंको कालिकास्थान स्थित अमृतभोग केटरर्स प्रालिमा बिहान १० बजे साधारणसभा बोलाएको हो । 

साधारणसभाबाट इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्न सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश र लाभांश वितरण भएपछि कायम हुने चुक्ता पुँजीबाट हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । इन्स्योरेन्सले चुक्ता पुँजीको २३.८० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि १.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यसपछि कायम चुक्ता पुँजीको २७ प्रतिशतका दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि गरेको छ । 

साधारणसभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारणको तर्फबाट सञ्चालक समितिमा नेतृत्वगर्ने एक जना सञ्चालक चयन गर्ने छ । 

इन्स्योरेन्सले साधारणसभा प्रयोजन र लाभांश वितरण प्रयोजनका लागि वैशाख २७ गते सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । जसअनुसार वैशाख २६ गतेसम्म कायम सेयरधनीहरु साधारणसभामा सहभागि हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् । 

All financial information at your fingertips.


शेयर गर्नुहोस