पाँच कारोबार दिनपछि बढ्यो सेयरबजार

पाँच कारोबार दिनपछि बढ्यो सेयरबजार

सेयर खबर । लगातार पाँच कारोबार दिन घटेको सेयरबजार आइतबार बढेको छ । नेप्से परिसूचक १२.२९ अंकले बढेर १९८४.४३ विन्दुमा कायम भएको छ । दुई अर्ब २५ करोड ९९ लाख रुपैयाँ बराबरको ६३ लाख ९३ हजार २४५ कित्ता सेयर किनबेच भएको छ । 
कारोबार भएका २४५ कम्पनीमध्ये १७६ कम्पनीको सेयरमूल्य बढ्दा बजार हरियो बनेको हो । तर ६३ कम्पनीको सेयरमूल्य घटेको छ भने ६ वटाको स्थिर रहेको छ । 

बैंकिङ र म्युचुअल फण्ड समूहबाहेक सबै समूहका सूचक बढेका छन् । उत्पादन तथा प्रशोधन, जलविद्युत र विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । 

डोल्टी पावर कम्पनीका सेयरधनीले सबैभन्दा धेरै ९.८८ प्रतिशत कमाएका छन् । पिपुल्स पावरका सेयरधनीले सबैभन्दा धेरै ७.४६ प्रतिशत गुमाएका छन् । गोर्खाज फाइनान्सको सबैभन्दा धेरै १० करोड २१ लाख रुपैयाँको सेयर किनबेच भएको छ । 

यसदिन लगानीकर्ताको सम्पत्ति १९ अर्ब रुपैयाँ बढेको छ । बजार पुँजीकरण ३१ खर्ब ४६ अर्ब रुपैयाँ कायम भएको छ । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस