३० अर्ब ४९ करोड रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार

३० अर्ब ४९ करोड रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार

बैंक खबर । सरकारले सोमबार ३० अर्ब ४९ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले निष्काशन गरेको सूचना अनुसार सोमबार २० अर्ब ४९ करोडको पुरानो ट्रेजरी बिल नवीकरण हुनेछ भने १० अर्ब रुपैयाँ नयाँ ट्रेजरी बिल बिक्री गरिनेछ ।

वैशाख १० गते सोमबार बोलकबोल हुने ट्रेजरी बिल ११ गते मंगलबार जारी हुनेछ । कार्यालयले २८ दिन अवधिको ५ अर्ब रुपैयाँ, ९१ दिन अवधिको ५ अर्ब ४९ करोड रुपैयाँ १८२ दिन अवधिको ६ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको ४ अर्ब रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्नेछ । यस्तै २८ दिन अवधिको ५ अर्ब रुपैयाँ र ९१ दिन अवधिको ५ अर्ब रुपैयाँको नयाँ ट्रेजरी बिल बिक्री गर्नेछ । 

ट्रेजरी बिल १ वर्ष वा सोभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। 

All financial information at your fingertips.


शेयर गर्नुहोस