घट्न थाल्यो बैंकहरुको निक्षेप, प्रणालीबाट एकै दिन १४ अर्ब गायब

घट्न थाल्यो बैंकहरुको निक्षेप, प्रणालीबाट एकै दिन १४ अर्ब गायब

बैंक खबर । बैंकिङ प्रणालीमा निक्षेप घट्न थालेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चैत २७ गतेको तुलनामा २८ गते बैंकहरुको निक्षेप १४ अर्ब रुपैयाँले घटेको छ । 

चैत २७ गते ६१ खर्ब ४४ अर्ब रहेको निक्षेप चैत २८ गते ६१ खर्ब ३० अर्बमा झरेको छ । वाणिज्य बैंकहरुमा मात्रै १३ अर्ब रुपैयाँ निक्षेप घटेको छ भने विकास बैंक र फाइनान्स कम्पनीहरुमा एक अर्ब रुपैयाँ घटेको छ । 

वाणिज्य बैंकहरुको कुल निक्षेप ५४ खर्ब १५ अर्ब रुपैयाँ छ भने विकास बैंक र फाइनान्स कम्पनीहरुको सात खर्ब १५ अर्ब रुपैयाँ छ ।

बैंकको तथ्यांकअनुसार बैंकहरुको कुल कर्जा पनि एक अर्ब रुपैयाँले घटेको छ । चैत २७ गते ५० खर्ब ९९ अर्ब रुपैयाँ रहेको कर्जा २८ गते ५० खर्ब ९८ अर्ब कायम भएको छ । वाणिज्य बैंकहरुले मात्रै ४५ खर्ब ९ अर्ब कर्जा प्रवाह गरेका छन् । 

बैंक तथा वित्तीय संस्थाको अन्तरबैंक ब्याजदर भने ३.२६ प्रतिशत छ । चैत २७ गते अन्तरबैंक ब्याजदर ३.२२ प्रतिशत थियो ।
 

All financial information at your fingertips.


शेयर गर्नुहोस