राष्ट्र उत्थानलाई प्राप्ति गर्न आशा लघुवित्तले पायो राष्ट्र बैंकबाट अन्तिम स्वीकृति

राष्ट्र उत्थानलाई प्राप्ति गर्न आशा लघुवित्तले पायो राष्ट्र बैंकबाट अन्तिम स्वीकृति

बैंक खबर । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ । राष्ट्र बैंकले असार २२ गते  स्वीकृति दिएको लघुवित्तले जनाएको छ । 

दुवै लघुवित्त एक बराबर एक शेयर स्वाप अनुपातमा शेयर पुँजी मिलान गर्ने सहमतिमा मर्जर प्रक्रियामा सहभागि भएका हुन् । 

प्राप्तिपछि राष्ट्रियस्तरको आशा लघुवित्त वित्तीय संस्थाको नामबाट वित्तीय कारोबार हुनेछ । लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको बनेमा नगरपालिका वडा नं. १३ मा रहनेछ । 


 

All financial information at your fingertips.


शेयर गर्नुहोस